काठमाडौँ । राजनीति र प्रशासन बिचको अन्तरसम्बन्धमा केन्द्रित ‘प्रशासन बहस’ आजदेखि सुरु हुने भएको छ ।
प्रशासन डटकमबाट सातामा दुई दिन प्रसारण हुने उक्त बहस कार्यक्रमको पहिलो चरण अन्तर्गत १२ वटा भाग रहेका छन् ।
प्रशासन डटकमका विशेष प्रतिनिधि एस राज उपाध्यायले सञ्चालन गर्ने उक्त बहसमा पूर्व मुख्य सचिव डा।सोमलाल सुवेदीदेखि पूर्वसचिवहरु प्रतापकुमार पाठक, पूर्णचन्द्र भट्टराई, कृष्ण ज्ञवालीसँगको कुराकानी रहेको छ । त्यसैगरी त्रिलोचन पोखरेल, हीरामणि घिमिरे, सुरेश प्रधान, शरदचन्द्र पौडेल, टेकप्रसाद ढुङ्गाना, डा. दिनेश पन्त, पुरुषोत्तम ओझालगायत व्यक्तित्वहरूसँगको कुराकानी समेटिएको छ ।
स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र र राजनीतिज्ञहरूको सम्बन्ध के कस्तो हुने गरेको छ र यसको प्रभाव कस्तो परिरहेको छ भन्नेबारे पूर्व उच्च प्रशासकहरूको सँगको बहसले सार्वजनिक प्रशासन सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ ।