लागू पदार्थ र पाँच लाख नगदसहित एक जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लागू पदार्थ र पाँच लाख नगदसहित एक जना पक्राउ


१ श्रावण २०७८, शुक्रबार


पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो परिमाणको लागू पदार्थ र रकमसहित एक जनालाई पक्राउ गरेको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१ बगरका ४९ वर्षीय अर्जुनकुमार गुरुङ रहेका छन्। उनलाई गत असार ३० गते साँझ ५ बजे बगरबाटै पक्राउ गरेको प्रहरी बताएको छ।

उनको साथबाट डाइजापाम ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी दुई हजार १६ एम्पुल लागू पदार्थ, एक थान मोबाइल र नगद पाँच लाख २१ हजार २०० रुपैयाँ बरामद भएको प्रहरी नायब निरीक्षक हमालले जानकारी दिए। गुरुङको घरबाट सुटकेसमा लुकाएर राखेको अवस्थामा नगदसहित लागू औषध बरामद भएका हमालले बताए।

अभियुक्तलाई लागू औषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि डिएसपी हमालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस