५.०९ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५.०९ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसङ्ख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन् ।

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म नेपालका झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको ।

Tags :
प्रतिक्रिया दिनुहोस