काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उक्त बैठकमा महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका कामकारवाहीबारे छलफल हुने छ ।