२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

अ+ अ-

काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ ।

काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

जापानले नेपाललाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप दिन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले पनि लगाउन मिल्छ ।

जापानी दूतावासका अनुसार उक्त खोप नेपालले जुलाईको मध्यदेखि एक महिनाभित्र बिचमा प्राप्त गर्नेछ । यद्यपि खोप आउने तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौता पूरा भएपछि मात्र सार्वजनिक गरिने दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि जापानी राजदूत युटाका किकुटाले खोप अनुदानमा दिने निर्णयले नेपाल र जापानको लामो समयदेखिको मैत्री सम्बन्ध झल्किएको बताएका छन् । उनले धेरै नेपालीको जीवन रक्षाको लागि अत्यावश्यक रहेको खोप दिने जापानको निर्णयको स्वागत पनि गरेका छन् ।

दूतावासले यो खोप जापानबाट ल्याउने र नेपालमा वितरण गर्ने कार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ । नेपालले भारतबाट खरिद गरेको खोप नआएको कारण दोस्रो डोज खोप लिन नपाएका मानिसलाई र खोपको पर्खाइमा रहेका अन्य युवाहरूका लागि जापानले दिन लागेको खोप निकै महत्त्वपूर्ण हुने राजदूत किकुटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस