अमेरिकाबाट १५ लाख डोज खोप आज नेपाल आइपुग्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाबाट १५ लाख डोज खोप आज नेपाल आइपुग्ने


२८ असार २०७८, सोमबार


काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको कोभ्याक्स अन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै छ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप आज बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ।

आज आउने खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोग अन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस