१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीकाे निधनमा गाउँपालिका बन्द

अ+ अ-

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उहाँको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।

ऋषिङ शोकमा
यसैगरी सोही दिन ऋषिङ–७ मा पहिराले पुरिएर देवीसरा थापाको मृत्यु भएको थियो । एकै दिन दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा परेको छ । पहिरामा पुरिएर दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा डुबेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले बताए । ‘प्रकृतिको रौद्ररुप प्रकट भएको छ । प्रकृतिले निर्मम प्रहार गरेको छ । सारा ऋषिङ शोकमग्न छ’, उनले भने।

पहिराका कारण दर्जनौँ घर क्षतिग्रस्त र जोखिमपूर्ण भएका छन् । वर्षाको समयमा उठीबास, भागाभाग र रुवाबासी भएको छ । थुप्रै चौपाया मरेका छन् । धेरैको बारी पहिराले लगेको छ । खेत बगरमा परिणत भएको छ । खेतीपाती नष्ट भएको छ । सयौँ ठाउँमा पहिरो गएको छ । यातायात अवरुद्ध छ ।

उनका अनुसार पहिराले बस्ती असुरक्षित भएका छन् । ‘असुरक्षा, भय र त्रास व्याप्त छ । बाढी पहिरोपीडितले सहयोगको याचना र अपेक्षा गरिरहेका छन् । क्षतिको भौतिक मूल्य अनुमान गर्न गाह्रो छ । मानसिक र मनोवैज्ञानिक असर त झन् कहालीलाग्दो छ’, उनले भने ।

मृतक देवीसराका तीन सन्तान छन् । छोराहरु वैदेशिक रोजगारीमा छन् भने छोरीको घरजम भइसकेको छ । मृतक खुमबहादुरका तीन नाबालक छोरी छन् । उनका छोरीहरु कक्षा एक, ९ र १२ मा अध्ययनरत छन् । ‘कमाउने बुबाको नै पहिरामा परी मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ’, आलेले भने। यतिबेला थापा परिवार सहाराविहीन बनेको छ । ‘परिवारको दैनिकी त कठिन हुने नै भयो । बालबच्चाको लालनपालन, शिक्षा, दीक्षा र भविष्य अनिश्चित बन्ने देखिएको छ’, आलेले भने।

गाउँपालिकाको कर्मचारी भएकाले उचित राहत, बीमालगायतका अन्य आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्ने आलेले बताए । साथै श्रीमती वा छोरीलाई रोजगारीको व्यवस्था मिलाउन उनले आग्रह गरे । ‘दुःख र पीडाको यस घडीमा पीडितलाई साथ, सहयोग र सहानुभूतिको खाँचो छ । उनीहरुको घाउलाई सहयोगरुपी मलमको आवश्यकता छ’, उनले भने, ‘सहयोग त सरकारले अवश्य नै गर्नेछ । मानवीयताका खातिर सरकारका अतिरिक्त तपाईँ हाम्रो व्यक्तिगत र संस्थागत सहयोगको पनि ठूलो आवश्यकता छ ।’

२४ घण्टादेखि पृथ्वीराजमार्ग एकतर्फी
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो ।

शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन’, उनले भने । राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस