२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा. अधिकारी

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

मन्त्रिस्तरको यही असार २२ गतेको निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गरेका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो । यसैगरी मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको पदेन सदस्य रहने व्यवस्था गठन आदेशमा गरिएको छ ।

समितिका सदस्यमा संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहेको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् । सदस्य सचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।

गत वर्ष पुस २० गते मन्त्रिपरिषद्ले पारित गरेको गठन आदेशका आधारमा यो पहिलो समिति गठन गरिएको हो । यसअघि समितिका अध्यक्षका रुपमा मङ्गलराज जोशी, प्रा डा माधव भट्टराई र प्रा. डा. रामचन्द्र गौतमले काम गरिसकेका छन्। तीनै अध्यक्ष नेतृत्वको समितिले मन्त्रालयले दिएको पत्रका आधारमा काम गरेका थिए । समितिका सम्बन्धमा गठन आदेश पारित भएर गठन भएको यो पहिलो समूह हो ।

समितिलाई पञ्चाङ्गको स्वीकृति दिने, चाडपर्वसम्बन्धी निर्णय गर्ने, ज्योतिष, कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्दै तालीम, प्रशिक्षण सञ्चालन गर्ने गरी गठन आदेशमा व्यवस्था गरिएको सदस्य सचिव ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस