एमाले कार्यदल बैठक आज पनि, बैठक अघि पौडेल र रावलको छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमाले कार्यदल बैठक आज पनि, बैठक अघि पौडेल र रावलको छलफल


२४ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बैठक अहिले ११ बजे बस्दै छ ।

बैठक अघि नेताद्वय विष्णु पौडेल र भीम रावलले छलफल गरेका छन् ।

आजको बैठकबाट सहमति हुने सङ्केत देखिएको छ । बुधवारको बैठकमा सहमतिका लागि सकारात्मक छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच पनि भेटवार्ता भएकोले पार्टीभित्र सहमतिको सकारात्मक सङ्केत देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस