२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

अ+ अ-

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले एक उपप्राध्यापकलाई बर्खास्त गरेको छ । परीक्षामा भएको अनियमितता छानबिन गर्न गठित समितिले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई विद्यार्थीलाई आफू खुसी नम्बर दिएको भन्दै बर्खास्त गरेको हो ।

स्रोतका अनुसार यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको देखिएकाले अक्षम्य शैक्षिक अपराध गरेको भन्दै सेवाबाट बर्खास्त गरिएको हो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको विद्यार्थीहरूले उजुरी दिएपछि त्यस विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले अक्षमय शैक्षिक अपराध गरेको भन्दै विभागीय कारबाहिका लागि सिफारिस गरेपछि विश्वविद्यालयले बर्खास्त गरेको हो ।

हाल मध्यपश्चिम विश्वविद्यालयमा कन्स्ट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय बढाइ हुन्छ । उक्त विषयको अन्तिम परीक्षाको प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । १३ जना विद्यार्थीलाई ४० मा ४० नम्बर दिएको समितिको ठहर छ । स्ट्रक्चरल इन्जिनियरिङका चार वटै विषयमा पनि विद्यार्थीलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस