२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु

अ+ अ-

कोटाबाटो । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताए । सचिव लोरेन्जोले विमानमा सवार ४० जना घाइते भएका र उनीहरुको उद्धार गरिएको जानकारी दिए ।

स्थानीय सञ्चार माध्यमले खिचेका तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ ।

सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको विमान दुर्घटनामा परेको बताए । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए ।

उद्धार गरिएका ४० जनाको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको पनि उनले बताए । फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणका बारेमा चाँडै अनुसन्धान शुरु हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस