प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखको तर्फबाट बहस सुरु, जवाफी बहस पनि आजै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखको तर्फबाट बहस सुरु, जवाफी बहस पनि आजै


२० असार २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका तर्फबाट बहस सुरु भएको छ । सभामुखका तर्फबाट आज अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन् ।

सभामुखको तर्फबाट बहस गर्ने वकिलहरूका लागि दुई घण्टा समय छुट्याइएको छ । वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले आज सभामुखका तर्फबाट बहस गर्नेछन् ।

सभामुखका तर्फबाटको बहस सकिएपछि आजै निवेदक पक्षका वकिलहरूले जवाफी बहस पनि गर्ने छन् ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिने र फैसलाको मिति तोकिने छ ।

सम्बन्धित समाचार : प्रतिनिधिसभा विघटनबिरुद्धको रिटमा सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार

Tags :
प्रतिक्रिया दिनुहोस