२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बँदेलले मकै सखाप पारेपछि किसान चिन्तित

अ+ अ-

दुल्लु । दैलेखका दर्जनभन्दा बढी बस्तीमा जङ्गली बँदेलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, वडा नं १ मा पर्ने महतारा गाउँ, जडाह घर बस्ती, गोग्न, देउताडा र जलजले महाबु गाउँपालिका–२ मापर्ने ताराचौर, घोगेपाटा, किमुखाडा, डुउग्री र पिपलपाटा, दुल्लु नगरपालिका–१० मापर्ने बिजौरा, नाबिस्थान, मेहेल्पानी र नारायण नगरपालिका–१ मा पर्ने पिडाल्ने, कुइकाना र धुल्पुर र २ मा पर्ने गैरामाल्ली, कुसांडा, पाथिकाल्ला, अयाकाटिया, बागमारे, किमेनी, सुपितारा र तल्लो जारकोटलगायतका दर्जनभन्दा बढी बस्तीमा बादेलको समूह पसेर लगाइएको मकैबाली तहसनहस पारेको छ ।

बस्ती नजिकैको जङ्गलबाट आउने गरेको बँदेलको बथानले मकैबाली सखाप पारेको नारायण नगरपालिका–२ का राजकुमार थापाले बताए । दिनभरि जङ्गलमा बस्ने र रातपरेपछि बारीमा आएर खेती तहसनहस बनाउने गरेको उनको भनाइ छ ।

वर्षेनि बँदेलले बालीन नोक्सानी गरेपछि यसबारेमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । उनी भन्छन्, ‘बँदेलकै कारण अब बस्ती नै छाडेर बसाइ सर्नुपर्ने अवस्था सिर्जजना भएको छ ।’ कति किसान त मकै जोगाउन बारीमै रातभर जाग्रामसमेत बस्ने गरेको भैरवी- १ का गगन योगीले बताए ।

बँदेलले मकैबाली मात्रै होइन, घैया र धानबाली पनि नष्ट गर्ने गरेको उनको भनाइ छ । पीडित किसानको क्षतिको विवरणको लगत सङ्कलन गरिने र केही राहतका लागि सिफारिस गरिने भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस