कांग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस पदाधिकारी बैठक बस्दै


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दै छ।

यसअघि हिजो (बिहिबार)का लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको जनाउँदै स्थगित गरिएको थियो। उक्त बैठक आज (शुक्रबार) अपराह्न २ बजे बस्ने भएको हो ।

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ।

कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले आजको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ।

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ। कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ।

पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस