१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीको मनपरी दरबन्दी थपघट र यसले पार्ने असर

अ+ अ-

जागिर खाएपछि नेतृत्वमा पुग्ने रहर सबैको हुन्छ । कोही काम देखाएर आफ्नो योग्यता प्रमाणित गर्न खोज्छन् भने कोही शक्तिकेन्द्र धाएर । कसले कुन बाटो प्रयोग गरी राखेको छ यसको मूल्याङ्कन विभाग भित्रका कर्मचारीले र समयले गरी राखेको हुन्छ । यसको सार्थकता कति छ यो विषय सोचनीय छ ।

शक्तिकेन्द्रका मूल्याङ्कनका आफ्नै आधार हुन्छन् र तिनीहरूले आफ्ना मान्छेलाई नेतृत्वमा लिएर जानका लागि आफूखुसी मापदण्ड बनाएका हुन्छन् । यसका अल्पकालीन र दीर्घकालीन परिणाम डरलाग्दा हुन्छन् । जसको परिणाम विभागीय कर्मचारी र अन्ततः विभागले बोक्नु पर्ने हुन्छ ।

आफै अनुशासित नहुँदा अरूसँग अनुशासनको कल्पना गर्न सकिँदैन । यस्ता काम कामकारबाहीले अनुशासनको भरमा चलेको प्रहरीको अनुशासनको कडीलाई भत्काउँछ र सँगसँगै कार्यरत कर्मचारीको मनोबलमा पनि असर गर्दछ ।

पटक पटक सङ्गठनको स्वार्थ भन्दा पनि व्यक्ती प्रेरित स्वार्थले खेल्दा नेपाल प्रहरीको व्यावसायिक काम कार्यवाहीमा असर गर्नुका साथै प्रहरीको काम कारबाहीमा प्रश्न चिह्न खडा भएका छन् ।

कमजोर अनुशासन र मनोबल भएको सुरक्षा सङ्गठनसँग सरकार सञ्चालन गर्नु भनेको बिग्रेको बन्दुक बोकेर युद्ध लड्न जानू जस्तै हो । समय समयमा गरिएका थपघटको बेतिथिले सङ्गठन थिलथिलो पारेको छ । आफू विभिन्न शक्तिकेन्द्रको सहयोगले नेतृत्वमा पुगेकाको भोगाइको लामो फेहरिस्त हामी सबैका सामु छरपस्ट छ । नेपालको राजनीति त भद्रगोल छ नै, तर सुरक्षा संयन्त्रमा भित्र्याइएको बेथिति समयमा नियन्त्रण गरिएन भने बढी रहेको अपराध नियन्त्रण, शान्ति सुरक्षा कसरी गर्ने हो त्यो सोचनीय छ ।

ओ एन्ड एम
इच्छा लाग्यो बिना आधार १४–१५ एआईजी बनाएको पनि देखियो । एक पटक सात वटा डिआइजीको नयाँ दरबन्दी ल्याइयो किनकि बनाउन ताकत भएकाका मान्छे सात नम्बरमा थिए, दरबन्दी खडा गरे, बनाए । किन बनाइयो ? यस बाट राष्ट्र, समाज र विभागले के पायो ? त्यो मूल्याङ्कन गरिएन, गर्न जरुरी पनि छैन किनकि बनाउने इच्छा भएकाले बनायो, सकियो ।

हालको दुई तिहाइको स्थायी सरकार आएपछि सरकार प्रमुखको आदेशमा एआइजीको सङ्ख्या घटाएर तीन र डिआइजीको सङ्ख्या घटाएर १४ पुर्‍याईयो । चौथो एआईजी बनाउँदा राज्यव्यवस्था समितिमा गृहमन्त्री राम बहादुर थापाले यो दरबन्दी कहाँबाट आयो आफूलाई थाहा नभएको भनेको जगजाहेर छ ।

राज्यव्यवस्था समितिको दरबन्दी खारेजीको आदेश सरकारले पालना गर्न जरुरी ठानेन पनि । दरबन्दी थपघट ओ एन्ड एम गरेर बनाएको भनेको सुनिन्छ । तर मैले बुझेको ओ एन्ड एम जति सङ्ख्या आफूलाई चाहिएको छ त्यति बनाउनलाई अध्ययन गरेको जस्तो गरी खानापुर्ती गर्ने मात्रै हो । कर्मचारीले त बुझेका छन्, अध्ययन आफ्नो इच्छा अनुसार गरिन्छ भनेर तर नबुझ्नेलाई अध्ययन गरेको हो भनेर ठग्ने बाटो हो ओ एन्ड एम ।

सुरक्षा सङ्गठनमा पर्ने असर
जिम्मेवारी, सरकारको प्रतिनिधित्व, फैलावट र संवेदनशीलताका हिसाबले सुरक्षा सङ्गठनलाई मन्त्रालयको महाशाखा अथवा निजामती सेवा अन्तरगत रहेका विभागसँग तुलना गरिनु हुँदैन । जुनकी राजनीतिक र निजामती नेतृत्वको सामान्य बुझाई र सोचाई छ । सुरक्षा सङ्गठनमा कुनै पनि पद थप्दा जिम्मेवारी, कमान्ड, वृत्ति विकास लगायतका धेरै कुराको अध्ययन हुनु जरुरी छ । तर नेतृत्व र शक्ति केन्द्रले आफ्ना मान्छेको स्वार्थ पूर्ति गर्न यी कुरामा विश्वास गर्दैनन् पनि । आफ्ना मान्छे जति छन्, अपार्दर्शीरुपले मनलाग्दी पद बढाउने घटाउने गरिन्छ । यसले भत्काउने भनेको सुरक्षा सङ्गठनको अनुशासनलाई हो । सही मूल्याङ्कन नहुँदा प्रोफेसनल सुरक्षाकर्मीमा काम किन गर्ने ? के का लागि गर्ने ? भन्ने नकारात्मकता विकास हुन्छ । त्यसको प्रत्यक्ष असर भनेको शान्ति सुरक्षा, अपराध अनुसन्धान, सूचना सञ्चालनमा पर्न जान्छ । यसको मार राज्य सञ्चालन र अंततस् समाजमा देखिन्छ ।

के गर्ने
कार्य दक्षताका स्पष्ट मापदण्ड बनाउनु पर्छ । पारदर्शिता अपनाउनु पर्छ । तदर्थता मा सुरक्षा सङ्गठनलाई सञ्चालन गर्नु भएन । कार्यदक्षता, जागिरको अवधि लगायतलाई ऐनमा व्यवस्थित गर्नु पर्‍यो । जसबाट शक्तिकेन्द्र र क्याबिनेटले मनपरी गर्ने बाटो बन्द हुन्छ ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले कार्यकाल पूरा गरी बिदाइको बेला गरेको सम्बोधनमा प्रहरीमा भई राखेको राजनीतिकरण, शक्तिकेन्द्र को नचाहिँदो हस्तक्षेप, सङ्गठनमा रहेका बेथितिका बारेमा प्रस्ट रूपले प्रश्न चिह्न खडा गरेका थिए ।

यस प्रकारको सुझाव सहितको आलोचनात्मक सम्बोधन गर्नबाट बाहिरिने विभागीय प्रमुख जोगिन खोज्दछन् । आँट थियो, नैतिकता थियो, बोले । तसर्थ राम्रो नियतले ज्ञवालीले गरेको सम्बोधनलाई बिना पूर्वाग्रह एक पटक मूल्याङ्कन गरौँ । त्यो सम्बोधन सरकारका लागि एउटा मार्गचित्र हुन सक्छ ।

मैले भन्न खोजेको कुरा व्यक्तिगत कसैप्रति लक्षित छैन । यो रोग अहिलेको रोग हैन, हामीभन्दा पहिलाकाले सिकाएको रोग हो । हाम्रो पालामा पनि गर्नेले गरे र अनुजहरूले सिक्ने भनेको अग्रज बाटै हो । अहिलेकाबाट बदमासी भई राखेको छ भन्ने गनगन गर्ने बुढाहरूले बेथितिको अपजसको जिम्मेवारी लिनुपर्छ, जसले बेथितिको जग बसाए । पानी माथिको ओभानो बन्न पाइँदैन । अनुजहरूसँग एउटा मात्रै अनुरोध र सुझाव, यस्तै चल्न दिने कि कहीँ गएर रोक्ने ?

प्रतिक्रिया दिनुहोस