२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ ।

सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण गराएको छ ।

‘प्राचीन शिक्षा र सभ्यताको वहन गर्दै आर्षपरम्परालाई जीवन्त राख्दै आएको कालीगण्डकी नदीको मौलिक वहाव नै परिवर्तन गरी अन्यत्र लैजान खोज्नु दुःखद् हो, यसलाई सच्याइनुपर्छ’-उनले भने ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि अतिक्रमण हुने गरी कालीगण्डकी डाइभर्सन परियोजना कार्यान्वयन नगर्न परिषद्ले सरकारसँग माग समेत गरेको छ ।

गुरुकुल शिक्षा पद्धतिका अनन्त स्रोतका रुपमा रहेका नदीका तटमा नै अहिले पनि गुरुकुल र आश्रम चलिरहेका छन् । प्राचीनकालदेखि नै गुरुकुल नदी किनारमै सञ्चालन हुँदै आएको छ । शिक्षा आर्जनको माध्यम बनेका नदी प्राचीन सभ्यताका साक्षी भएकाले यसको संरक्षणमा सबैको साथ हुनुपर्नेमा परिषद्ले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस