२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा राष्ट्रिय वृक्षारोपण सप्ताह सुरु (फोटोफिचर)

अ+ अ-

दाङ । डिभिजन वन कार्यालय दाङले आज सोमवार एक कार्यक्रम गरी राष्ट्रिय वृक्षारोपण सप्ताहको सुरुवात गरिएको छ । डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सब डिभिजन वन कार्यालयको सहजीकरण र नेपाल चिकित्सक सङ्घको सहकार्यमा घोराही उपमहानगरपालिका वडा नं ११ हापुरको गणेशपुरमा एक औपचारिक कार्यक्रम गरी वृक्षारोपण सप्ताह शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले यो वर्ष तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जानकारी दिए। कार्यक्रममा बोल्दै उनले आजदेखि दाङमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम सुरुवात गरिएको जानकारी दिए ।

करिब एक लाख जडीबुटी प्रजाति र दुई लाख बढी काष्ठ तथा बहुउद्देश्यीय प्रजातिका बिरुवा रोप्ने योजना अनुसार बिरुवा रोप्ने काम सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ११ हापुर गणेशपुरको मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिब १० कट्ठा जग्गा खाली गराइ यो वर्षको वृक्षारोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ । मित्र सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल लगायतका प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आजै घोराही उपमहानगरपालिका वडा नं १८ को घोरदौरा कृषि फर्मको आयोजनामा २ हजार टिमुरका बिरुवा, एकीकृत बहुउद्देश्यीय सहकारी कृषि फर्म दुधसारको निजी वन क्षेत्रमा कागती र फलफूलका १ हजार ५ सय बिरुवा र मेट्रो कलेज तुल्सीपुरको जग्गामा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए।

डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सब डिभिजन वन कार्यालयको सहजीकरण र नेपाल चिकित्सक सङ्घको सहकार्यमा हापुरको गणेशपुरमा भएको वृक्षारोपण सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत सुवेदीले वृक्षारोपण र यसको महत्त्व तथा जिल्लामा यो वर्ष गरिने वृक्षारोपण अभियानका बारेमा जानकारी गराएका थिए ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले सबैको सहकार्यबाट बिरुवा लगाउने र हुर्काउने अभियानलाई सफल पार्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, घोराही उपमहानरपालिका वडा नं ११ का अध्यक्ष कुलबहादुर लामिछाने, नेपाल चिकित्सक सङ्घ दाङका अध्यक्ष डा कुवेर रेग्मी, डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसी लगायतकाले वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

दाङको पहाडी क्षेत्रमा जडीबुटी र अन्य क्षेत्रमा काष्ठ तथा बहुउद्देश्यीय प्रजातिका बिरुवा रोप्नका लागि बिरुवा तयारी अवस्थामा रहेको सूचना अधिकारी केसीले जानकारी दिए । जडीबुटीका बिरुवा रोप्नेलाई प्रोत्साहन स्वरूप प्रति बिरुवा तीन रुपैयाँ र अन्य बिरुवाहरू डिभिजन वन कार्यालयले निःशुल्क उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस