२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवद्र्धनमा केन्द्रित पोखराको बजेटः फेवातालको वरिपरि पदमार्ग निर्माणका लागि डेढ करोड

अ+ अ-

पोखरा । पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ ।

विनियोजित बजेटमध्ये चालुतर्फ छ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पुँजीगततर्फ तीन अर्ब ३७ लाख अर्थात् ५३।६ प्रतिशत विनियोजन गरिएको छ । चालु आवका लागि पाँच अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

नवौँ सभामा महानगर उपप्रमुख मञ्जु देवी गुरुङले प्रस्तुत गरेको बजेटले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न एक करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ ।

त्यसै गरी होमस्टेहरूको क्षमता विकास गर्ने, पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रका सङ्घ संस्थाहरूसँग हातेमालो गर्ने, पर्यटन प्रवर्द्धनको लागि फेस्टिभल, महोत्सव, तथा विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गरिने र पर्यटन विकासलाई थप प्राथमिकता दिन महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिने उल्लेख छ । पर्यटन बसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापना लागि पनि २० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, पोखराको पर्यटनमा कोशेढुङ्गा साबित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवर्द्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गरिने र पोखरा ६ मा रहेको वसुन्धरा र कोमागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन प्रस्ताव गरीएको छ ।

पोखराको भगिनी सम्बन्ध स्थापना भएका नगरहरूको सम्मेलन आयोजना गर्न नेपालका नियोगमार्फत् पहल गरिने जनाइएको छ । कोभिडको अवस्था मूल्याङ्कन गरी उक्त कार्यक्रम तर्जुमा गरिने र उक्त कार्यक्रम पोखराको पर्यटन प्रवर्द्धनमा सार्थक सिद्ध हुने विश्वास गरिएको छ ।

त्यस्तै पोखरा टावर निजी क्षेत्रको समेत लगानीमा निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । उक्त कार्यक्रमको लागि १० लाख विनियोजन गरिएको छ भने पोखरा वडा नम्बर ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माणलाई पनि समावेश गरिएको छ । पर्यटनसँग जोडिएका पूर्वाधारहरू निर्माणमा निजी लगानी प्रोत्साहन गर्ने तथा कम लागतका पर्यटकीय पूर्वाधार तत्कालै निर्माण गर्नेजस्ता कार्यक्रमहरू सञ्चालन गरी समग्र पर्यटन क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस