मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

मन्त्री नेम्वाङद्वारा चार मन्त्रालयको पदभार ग्रहण


११ असार २०७८, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

ती मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले अहिले एकातिर कोभिड र एर्कातिर प्राकृतिक प्रकोपबाट नागरिकलाई जोगााउन सरकार लागिरहेको बताए ।

नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यसबीचमा उनले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस