२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा बीआरआईबारे उच्चस्तरीय सम्मेलन आयोजना

अ+ अ-

काठमाडौँ । चीनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरूसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा केन्द्रीत रही उच्चस्तरीय सम्मेलनको आयोजना गरेको छ । बीआरआई र कोरोना महामारीबारे ३० देशका प्रतिनिधिहरुलाई भेला गरी छलफलको आयोजना गरेको हो ।

छलफलमा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेको सहभागिता रहेको थियो । सम्मेलनमा बोल्दै पौडेलले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि विश्वव्यापी सहकार्य, एकता र ऐक्यबद्धता आवश्यक रहेको बताए ।

कार्यक्रमको अध्यक्षता चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले एक लिखित सन्देश पठाएका थिए ।

राष्ट्रपति सिले चीनले अन्य मुलुकहरूसँग बीआरआई मार्फत नजिकको सहकार्य गर्न चाहेको उल्लेख गर्दै मुलुकहरूको बीचको सहकार्य र विकासलाई नयाँ गति दिनुपर्ने र चीनले अगाडि सारेको सिल्क रोडलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

‘गत ८ वर्षमा १४० मुलुकले बीआरआई सहकार्य गर्ने प्रतिविद्धतासहित हस्ताक्षर गरेका छन् र बढीभन्दा बढी सहकार्य गर्न इच्छुक साझेदार आएका छन्’ सिले भने ।

यस्तै चिनियाँ राष्ट्रपतिले वृहत् परामर्श, संयुक्त योगदान, साझा फाइदा, खुलापन, हरित विकास र दीर्घकालीन विकास बिआरआईका मुख्य सिद्धान्त रहेको बताए । उनले चीन विकासको नयाँ चरणमा पुगेको उल्लेख गर्दै उनले विकासको नयाँ अवधारणालाई अगाडि बढाएको र यसले साझेदार मुलुकलाई बजार तथा लगानी वृद्धिमा थप अवसरहरू प्रदान गर्ने बताए ।

अहिले १४० मुलुक र क्षेत्र अनि ३२ अन्तर्राष्ट्रिय संस्थाहरूले बीआरआईमा सहकार्य गर्ने विषयमा हस्ताक्षर गरेका छन् । जी–७ को एक सदस्य इटलीले पनि बीआरआईमा सहकार्य गर्ने भनी चीनसँग सम्झौता गरेको छ ।

चीनले सन् २०१३ मा परियोजना सञ्चालन भएयता बीआरआईमार्फत अहिले विभिन्न मुलुक र क्षेत्रमा १३६ बिलियन अमेरिकी डलर लगानी सुरु गरिसकेको छ।

विश्वका धनी मुलुकहरूको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यु परियोजना अगाडि सारे लगत्तै चीनले यस्तो सम्मेलनको आयोजना गरेको हो । जी–७ मुलुकले बीआरआईलाई काउन्टर गर्न भन्दै बी–३ डब्ल्यु परियोजना अगाडि सारेपछि चिनियाँ विज्ञ र सञ्चारमाध्यममा यस सम्बन्धमा बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस