२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले बताए। आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ ।

पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय हुँदै आएका छन् ।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लागेका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएका हुन्। यस वर्ष वर्षाद शुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उनको भनाइ छ । गत वर्ष उनले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरेका थिए।

यस वर्ष कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले लखेटेको स्थलमा बनाइएको युद्ध पार्क, धुलिखेल अस्पताल चौर र मनोहरा नदी किनारमा गुर्जो रोपण भएको छ । वाग्मती नदी किनारको तीनकुने पुलबाट शङखमूलसम्म नदी किनारको दायाँ बायाँ पनि शनिबार नै गुर्जो रोप्ने कार्यक्रम तय गरिएको छ ।

गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधि पनि निःशुल्क वितरण गरिएको थियो । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन्। ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले बताए । गुर्जोसँगै अन्य औषधीय गुणले युक्त वनस्पति पनि रोपिँदै आएको अभियानकर्मीहरु बताउँछन् ।

आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापीरूपमा निःशुल्क वितरण अभियान चलाएका थिए। हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन् ।

गुर्जोलगायत वनस्पतिबाट बनेका चिया र धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ । अनुभवका आधारमा गुर्जोलगायत जडिबुटीबाट बनेका चिया र धुलोको माग पनि बढेको छ ।

पशुपति क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि औषधीय गुणले युक्त जडीबुटी उपहार पठाउन सकिने गरी खाली स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा पनि यस्ता अन्य वनस्पति रोपणलाई पशुपति क्षेत्रमा तीव्रता दिइने बताउँछन्। पशुपति क्षेत्रका खाली स्थानमा वृक्षरोपण अभियानलाई समेत निरन्तरता दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस