प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारी दीर्घ सेवा पदकबाट सम्मानित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारी दीर्घ सेवा पदकबाट सम्मानित


१० असार २०७८, बिहिबार


काठमाडौँ । प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका १५ कर्मचारी दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् ।

बुधवार आयोजित राष्ट्रिय कविता महोत्सव २०७८ तथा ६४ औँ वार्षिकोत्सवको अवसरमा १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घ सेवा पदकबाट सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस