१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारबर्दियाको जनतामैत्री नीति तथा कार्यक्रम

अ+ अ-

बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको नवौँ नगरसभामा आव २०७८/७९ को नीति तथा कार्यक्रम शुरु भएको छ । नीति तथा कार्यक्रममा भर्खरै सञ्चालनमा ल्याएको आरसी थारु मेमोरियल नगर अस्पतालमा आकस्मिक सेवा पूर्ण निःशुल्क गर्ने र अस्पतालको सेवाहरु सर्वसुलभ गरिने बताइएको छ ।

नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु (कबिर)ले नेपालका पालिकामध्ये सबभन्दा पहिले स्वास्थ्य ऐन पास गरेर सिलसेल उपचार अस्पतालको रुपमा सञ्चालन गरिने जानकारी दिए । उनले सो अस्पताललाई आगामी आर्थिक वर्षदेखि सिलसेलका रोगीलाई विपन्न गरीब उपचार सेवाअन्तर्गतको एक लाख रुपैयाँ बराबरको उपचार नीति रहेको बताए ।

यसैगरी बारबर्दियाका नगर अस्पताल तथा स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले निःशुल्करुपमा वितरण गर्न तोकिएका औषधिहरु बाह्रै महिना उपलब्ध गराइने भएको छ । शिक्षा क्षेत्रमा पूर्णरुपमा निःशुल्क गर्ने, शहिद विष्णु धनि स्मृति बहुप्राविधिक शिक्षालयमा चाटर्ड एकाउन्टेण्टको विषय पढाउने, स्मार्ट बाल विकास केन्द्र बनाउने, विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन शैक्षिक मेला, प्रदर्शनी जस्ता कार्यक्रमहरु गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै स्मार्ट कृषि गाउँहरु बनाउने र प्रविधिमैत्री तथा मसिनो धान प्रशोधन केन्द्र सञ्चालन गरी बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति लिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने, सुकुम्बासी तथा बस्ती व्यवस्थापनमा जोड दिने, सार्वजनिक जग्गाको खोजी गरी वडाको संरक्षणमा रहने व्यवस्था मिलाउने जस्ता लोकप्रिय कार्यक्रमहरु रहेको छ । बरघर ऐनलाई कार्यान्वयनमा ल्याउने, मेलमिलाप सेवालाई अझ प्रभावकारी बनाउने उल्लेख गरिएको छ । बिहीबार नीति तथा कार्यक्रममा छलफल गरी आव २०७८/७९ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोे नगर उपप्रमुख अञ्जु दहितले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस