२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्वात्तै बढ्यो लागुऔषधको कारोबार

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक छ वर्षपछि चालु आवको हालसम्म १२३ लागुऔषधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लकडाउन अवधिमा खुल्ला सिमानाका भएको कञ्चनपुरमा खैरो हिरोइनलगायत लागुऔषधको तस्करी जारी रहेको बताए ।

बितेका केही महिनामा २०१ लागुऔषध कारोबारी पक्राउ गरेको प्रहरीले यहाँ हरेक दिनजसो खैरो हिरोइनसहित लागुऔषधको लतमा लागेका पक्राउ पर्न थालेका छन् । ‘लकडाउनमा सीमा नाकामा आर्थिक प्रलोभनले पनि लागुऔषधको कारोबारमा संलग्न रहेको पाइयो’, प्रवक्ता थापाले भने, ‘यो बीचमा दश भारतीय र चार महिलासमेत कानूनको दायरामा आएका छन् ।’

प्रहरीका अनुसार यहाँको कारागारमा समेत ५० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका अभियुक्त रहेका छन् । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले सम्हालेयता लागुऔषध नियन्त्रणका लागि उनले अभियान नै सञ्चालन गरेका छन् ।

‘कारबाही र सचेतना’को नीतिसहित जिल्लाभर लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले लागुऔषधको कारोबार गर्ने धमाधम पक्राउ पर्न थालेपछि जघन्य लगायतका अपराधमा पनि समाजमा कमी आएको प्रहरीको दाबी छ ।

‘अपराधको जननी जस्तै यहाँ लागुऔषध रहेछ’, थापाले भने, ‘लागुऔषध सेवनकर्ताबाटै यहाँ बढी घटा घटेको तथ्याङ्क छ।’ प्रहरीको तथ्याङ्कअनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३/७४ मा २२ मुद्दा, २०७४/७५ मा ५०, २०७५/७६ मा ४६ र २०७६/७७ मा ५५ मुद्दा दर्ता भएको देखिन्छ । लागुऔषध नियन्त्रणका क्रममा प्रहरीसितको दोहोरो झडपमा यहाँ केही महिनाअघि एक भारतीय तस्करले ज्यानसमेत गुमाएको थियो ।

यहाँ प्रहरीको लागुऔषध अनुसन्धान ब्यूरो, सादा पोशाकमा प्रहरी परिचालन हुनाका साथै जिल्लाका अन्य प्रहरी युनिटसमेत परिचालित छन् । जिल्लामा लागुऔषधको बढी कारोबार हुने क्षेत्रमा बेलौरी, पुनर्वास, बेल्डाडी र दोधारा चादँनी रहेका छन् ।

‘राजमार्गको उत्तरतिर चरेसलगायत अन्य लागुऔषधको कारोबार हुन्छ’, प्रवक्ता थापाले भने, ‘दक्षिणतिर खैरो हिरोइनको कारोबार बढी देखियो ।’ प्रहरीले चालु आवमा ८२० ग्राम ३५६ मिलिग्राम खैरो हिरोइन, अढाई किलोग्राम चरेस, ६३० ट्याबलेट नाइट्राभेट लगायतका लागुऔषध बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस