२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेटको बन्द प्रशिक्षण शुरु

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन्। सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडी छनोट गरेको थियो । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएको क्यानले जनाएको छ ।

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा छन् । बन्द प्रशिक्षणअघि सबै खेलाडीको कोरोना परीक्षण गरिएकामा नेगेटिभ आएको क्यानले जनाएको छ ।

फुटबल खेलाडी सावित्राको उपचार कतारमा हुने
नेपाली महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा गरिने भएको छ । लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उनको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि शनिबार कतार जानेछिन् ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भण्डारी राष्ट्रिय महिला लिग खेल्ने क्रममा पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी हुन् । एपिएफले महिला लिगको उपाधि जित्दा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । दायाँ घुँडामा चोट लागेपछि भण्डारीले अन्तिम दुई खेल गुमाउनुपरेको थियो । यसअघि पुरुष फुटबल टोलीका सदस्य विक्रम लामा र विमल घर्ती मगरको पनि कतारमै उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस