२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

अ+ अ-

रोल्पा । यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो । सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने देखिएको छ ।

आयोजना २०७६ साल असारमा सम्पन्न गर्ने सम्झौता भएको थियो । एशियाली विकास बैंकको ७०, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र स्थानीय समुदायको पाँच प्रतिशत लगानीमा सो आयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो । जिल्ला सदरमुकाम लिवाङको घना बस्ती रहेको रोल्पा नगरपालिका वडा नं १, २ र ४ का एक हजार ६० घरघुरीलाई लक्षित गरी सो आयोजना सम्पन्न गर्न लागिएको हो ।
आयोजनाको कूल ठेक्का रकम रु ३१ करोड ५२ लाख ४२ हजार ९४६ रहेको छ ।

आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । कोरोना महामारीको विषम परिस्थितिका कारण समयमै काम सम्पन्न गर्न नसकिएको अध्यक्ष आचार्यको भनाइ छ । उनले तोकिएको समयभित्रै उपभोक्तालाई पानी खुवाउने प्रयास गर्दागर्दै कोरोना महामारीको विषम परिस्थितिले सफल हुन नसकेको बताए ।

आयोजनाका एक हजार ६० लक्षित घरधुरीमध्ये ८०० घरधुरीको धारा जडान कार्य सम्पन्न भइसकेको छ । वितरण पाइपलाइनको केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाले कार्यालय भवन, सार्वजनिक शौचालय, रिजरवायर ट्याङ्की, निर्माण भइसकेको आयोजनाको सुपरभिजन इन्जिनीयर कृष्णबहादुर ऐरले जानकारी दिए ।
आयोजनामा विद्युत् जडान, मोटर जडान, फिल्टर जडान र स्काडा जडानको काम बाँकी रहेका छ ।

आयोजना क्षेत्रभित्र समेटिने विपन्न तथा गरीब घरधुरीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ती घरधुरीमा खानेपानी धारा जडान र शौचालय निर्माणको काम पनि भइरहेको बताइएको छ । आयोजनाले तोकेका विपन्न घरधुरीको मापदण्डभित्र पर्ने ५८ घरधुरी शौचालय र ९९ घरधुरी पानीधारा जडानका लागि छनोट भएका थिए । छनोट भएका विपन्नमध्ये ५८ घरधुरीको निःशुल्क शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ । निःशुल्क धारा जडानका लागि छनोटमा परेका ९९ मध्ये ६५ घरधुरीको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस