२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाढीपीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न आयोगसम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, बाढी, पहिरो तथा डुबानबाट बर्सेनि सयौँ नागरिकले ज्यान गुमाउनु परिरहेको एवं हजारौँ परिवार घरबारविहीन हुनुपरिरहेको यथार्थलाई दृष्टिगत गरी विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन, प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन आग्रह गरिएको छ ।

गत आइतबारदेखि परिरहेको अविरल वर्षाका कारण बाढी, पहिरो एवं डुबानमा परी सिन्धुपाल्चोक, बाजुरा, डोटी, कास्की, बागलुङ, मनाङ, पर्वत, पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासीलगायतका जिल्लामा आठ जनाको मृत्यु भएको, १८ जना बेपत्ता भएका, १२ व्यक्ति घाइते भएका एवं सयौँ परिवार घरबारविहीन भएका छन् भने ठूलो जनधनको क्षति भएको छ ।

आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीडितको अवस्था, राहत, उद्धार तथा स्वास्थ्य उपचारका सम्बन्धमा अनुगमन भइरहेको छ । आयोगले प्राकृतिक विपद्का कारण हाल भइरहेको धनजनको क्षति, पीडितको उद्धार एवं राहतको पूर्वतयारीलगायतका सम्बन्धमा सरकारबाट भइरहेका कार्यको जानकारी गराउन गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा मङ्गलबार बेलुका आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएको, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची बजार क्षेत्रका चार वटा पुल बगाउँदा यातायात सम्पर्क विच्छेद भएको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ ।

त्यसैगरी म्याग्दी, बागलुङ, पाल्पा, गोरखालगायतका जिल्लामा बाढी पहिरोका कारण यातायात अवरुद्ध भएको, पर्वत, लमजुङ, मनाङ, नवलपरासीलगायत जिल्लामा सयौँ परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेको आयोगलाई जानकारी प्राप्त भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस