२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

अ+ अ-

सियोल । उत्तर कोरियाका नेता किम जोङ्ग-उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।

गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए।

उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् ।

उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।

यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ ।सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे धारणा राखेका थिए । बैठक यो हप्ता राजधानी प्योङ्याङ्गमा सुरु भएको हो ।

बैठकमा नेता किमले गएको वर्षको तुलनामा यो वर्ष औद्योगिक उत्पादन एक चौथाईले बढेको बताउनु भएको छ । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस