नेपाल सरकारका पूर्वसचिव रिसालको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल सरकारका पूर्वसचिव रिसालको निधन


३ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको आज बिहान निधन भएको छ ।

८७ वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा निमोनियाबाट निधन भएको परिवारले स्रोतले जनाएको छ ।

विसं २०१५ मा अर्थ मन्त्रालयमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका उनले २०४९ मा लोकसेवा आयोगको सचिवबाट उमेर हदबाट अनिवार्य अवकाश लिएका थिए ।

उनका नेपाल भाषा र व्याकरण, भावनाको लहर, तीनधाम यात्रा, ज्ञानदर्पण, प्रश्न उपदेश, अमेरिकालाई हेर्दा, श्रीकृष्णलीला, नेपालको आर्थिक विकासलाई सम्झँदा, भावनात्मक अभिव्यक्ति, शिक्षा र राष्ट्रियता, प्रशासनिक गति र राजनीति, बालविनोद, वाग्मतीः काठमाडौँ सभ्यताको मुहान तथा तथ्यबोध र हाम्रो देशको चिनारी खण्डकाव्य (अङ्ग्रेजीमा पनि) लगायत करीब दुई दर्जन कृति प्रकाशित छन् ।

उनका एक छोरा छन् । उनको आजै परिवारको सहभागितामा पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस