नेप्से परिसूचकमा झिनो अंकको गिरावट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्से परिसूचकमा झिनो अंकको गिरावट


३ असार २०७८, बिहिबार


काठमाडौँ । बिहीबार (आज) सेयर कारोबार नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १.३ अंकले घटेर २ हजार ९ सय ६८.४२ अंकमा झरेको हो ।

नेप्सेमा खासै प्रभाव नदेखिए पनि कारोबार रकम भने सुस्ताएको छ । बिहीबार (आज)  १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस