नेप्से परिसूचक ५२ अंकले घट्याे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक ५२ अंकले घट्याे


२ असार २०७८, बुधबार


काठमाडौँ । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ ।

आज प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२.४१ अंकले घटेर २ हजार ९ सय ६९.६९ अंकमा पुगेको छ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको असर सेयर बजारमा देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । कारोबार रकम भने १५ अर्ब ४८ करोड रुपैयाँ माथि पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस