२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षाका लागि तयारी अवस्थामा रहन आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । आयोगले मङ्गलवार ७१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल बैठकमार्फत यस्तो निर्देशन दिएको हो ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको दर कम भए लगत्तै रोकिएका परीक्षा सञ्चालन गर्नका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई आयोगका सचिव महेन्द्र प्रसाद गुरागाईँले निर्देशन दिएका हुन् ।

उनले आवश्यक जनशक्ति चुस्त दुरुस्त राख्नुपर्ने बताएका छन् । रोकिएका परीक्षा छिटो सक्न दुई सिफ्टमा पनि काम गर्नुपर्ने भन्दै आवश्यक सामाग्री र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिए ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कार्यालय प्रमुखहरूले परीक्षा गर्न सकिने अवस्था रहेको आयोगलाई जानकारी गराएको बताए । उनले आवश्यक सामाग्री, जनशक्तिलगायत सबै कुरा चुस्त दुरुस्त रहनुपर्ने सम्बन्धमा छलफल केन्द्रित रहेको बताए ।

परीक्षा केन्द्र तोक्नका लागि ठाउँको अभाव हुनसक्ने भन्दै त्यसका लागि क्याम्पस र विद्यालयहरूसँग समन्वय गर्ने विषयमा पनि छलफल भएको बताए ।

आयोगको वार्षिकोत्सवको अवसरमा तीन जना कर्मचारीलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । आयोगमा कार्यरत शाखा अधिकृत यमुना सापकोटा, कार्यालय सहयोगी सुकमान तामाङ र दिपायल कार्यालयका नायब सुब्बा मानबहादुर साउदलाई पुरस्कृत गरिएको हो ।

सूचना प्रविधिमा काम गर्ने ती जना पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस