निर्वाचन आयोगको निर्णय मान्य हुँदैन, कानुनी उपचारमा जान्छौँ : उपेन्द्र यादव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन, कानुनी उपचारमा जान्छौँ : उपेन्द्र यादव


१ असार २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जसपाको सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका छन् ।

उनले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै शंका उत्पन्न भएको भन्दै आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ जारी रहने चेतावनी पनि दिए ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगले मागेबमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा त्यसलाई अस्वीकार गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस