२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थामियो नेप्से

अ+ अ-

काठमाडौँ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्से सामान्य रूपमा थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ बिन्दुुले बढेर ५२७.८७ मा पुगेको छ ।

कारोबार भएका कूल २२० कम्पनीको तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर रु १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घटेको हो ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर आरोलो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १७.७८, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादन ३८.६७, अन्य ६ र जीवन बीमा २७३.६८ अङ्कले घटेको छ । यस्तै, विकास बैंक १२०.६, जलविद्युत् ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, सामूहिक लगानी कोष ०.१२ र लगानी १.१२ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९९ करोड ६५ लाख ६० हजार ६३६ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु ५७ करोड ५० लाख ८५ हजार ४२४, लुम्बिनी विकास बैंक रु ४५ करोड ९३ लाख एक हजार ९०७, अपि पावर कम्पनी रु ४४ करोड ५८ लाख ८६ हजार ११५ र नेपाल इन्स्योरेन्सको रु ३८ करोड ९६ लाख ७९ हजार ५६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार पाँचथर पावर कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ९.९७, शिव श्री हाइड्रोपावर ९.९७, ङादी ग्रुप पावर ९.९३ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाएका छन् । त्यस्तै, गुर्खाज फाइनान्स ४.२५, हिमालयन जनरल इन्स्योरेन्स ३.१९, युनाइटेड इन्स्योरेन्स ३.१८, लाइफ इन्स्योरेन्स २.६८ र समिट लघुवित्तका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस