२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

अ+ अ-

काठमाडौँ । तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो । पुनः बजार सम्हालिएर १३.५६ बिन्दुले नेप्से घटी दुई हजार ९४६.५८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूच्क २.८३ बिन्दुले घटेर ५२५.२८ मा झरेको छ । कूल २२१ कम्पनीको तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर रु १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोवार पछि बजार पूँजीकरणमा सामान्य गिरावट आएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख १० हजार बराबर रहेको छ ।

कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ७८.९३, वित्त ४७.३८, निर्जीवन बीमा ३९, उत्पादन २३७.४६, जीवन बीमा २९.१२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८७ करोड ९४ लाख ९० हजार १०७ बराबरको कारोवार भयो । यस्तै, पुनरबीमा कम्पनी रु ६१ करोड ८० लाख ३८ हजार ३९३, नेपाल इन्स्योरेन्स कम्पनी रु ५१ करोड छ लाख ७१ हजार १५२, लुम्बिनी विकास बैंक रु ४८ करोड २८ लाख ९८ हजार २१९ र युनाइटेड मोदी रु ४७ करोड १४ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९.९५ प्रतिशतले कमाउँदा रिडी हाइड्रोपावर ९.९२, अरुण भ्याली हाइड्रोपावर ९.८६ र सिइडिबि हाइड्रोपावरका शेयरधनीले ९।८६ प्रतिशतले आर्जन गरे ।

त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८८, महालक्ष्मी विकास बैंक ६.३७, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५।९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस