काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) नेपालमा कुनै पनि कोरोनाको भेयिन्ट फेला नपरेको जानकारी दिएको छ । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।
I urge the Nepal government to urgently address this claim (questionable). As far as I'm aware, Nepal has not reported a novel variant other than Indian and UK variants. 'Ministers fear new strain of Covid from Nepal could scupper holidays https://t.co/dXAmMXTC3t via @MailOnline
— Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) June 3, 2021
‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’ डब्ल्यूएचओको नेपालस्थित कार्यालय भनेको छ ।
हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।
बेलायती सञ्चारमाध्यमहरूमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दाबीसहितका रिपोर्ट प्रकाशित गरेको छ ।
‘नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको’ समाचारमा लेखिएको छ। नेपालमा देखिएको कोरोना भाइरसको त्यो नयाँ भेरिअन्ट ‘ब्रिटिसहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने’ समाचारमा दाबी गरिएको छ।
हालसम्म नेपालमा म्युटेन्ट भएको भाइरसबारे विश्व स्वास्थ्य सङ्गठनले समेत आधिकारिकरुपमा केही बताएको छैन ।
नेपालका अधिकारीहरूले पनि अहिलेसम्म ‘भेरिअन्ट अफ कन्सर्न’ भनेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा त्यस्तो कुनै नयाँ भेरिअन्ट देखिएको जानकारी नदिएको बताएका छन् ।