२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिनाथको अतिक्रमित जग्गामा बनाइएका अस्थायी घर-टहरा हटाउन थालियो

अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ ।

सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन् । तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जारी गरेको छ । हाललाई कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण केही दिनलाई समय दिएपनि निषेधाज्ञा खुलेसँगै संरचना नछोडे कोष भत्काउन बाध्य हुने सूचनामा उल्लेख गरिएको छ ।

यो क्षेत्रमा वृद्धाश्रम, गौशाला, हिन्दू विश्वविद्यालयलगायत संरचना बनाउने प्रस्तावित गुरुयोजनामा समावेश गरिएको छ । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गा क्षेत्रका स्थानीयवासीलाई पनि जग्गा एकीकरण गरी गोठाटारमा नै बसाइने जनाइएको छ । पशुपतिपारिको राम मन्दिरमुनिको तिलगङ्गा क्षेत्र अधिग्रहणका लागि यसअघि नै मुआब्जा वितरण भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सुझाव अनुसार गुरुयोजना पुनरावलोकनलाई अन्तिम चरणमा पुर्‍याएकामा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण केही काममा ढिलाई भएको सदस्य सचिव ढकालले बताए ।

सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजनालाई अन्तिम रुप दिन गत जेठ १५ गते जारी बजेट वक्तव्यमा रु ३५ करोड विनियोजन गरेको छ । पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दूलगायत धर्मावलम्बीलाई आकर्षित गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी गुरुयोजना तयार पार्न लागिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस