२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा सङ्क्रमण नघट्दा निषेधाज्ञामा कडाइ

अ+ अ-

गलकोट । जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लङ्घन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक निषेधाज्ञा उल्लङ्घन गर्नेलाई रु एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिए ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताए । बागलुङमा सक्रिय सङ्क्रमितको सङ्ख्या नघट्नुमा निषेधाज्ञाको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ । नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिनेलगायत निषेधाज्ञा उल्लङ्घनका घटनालाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लङ्घन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले पटक–पटक नियम उल्लङ्घन गर्नेबाट हालसम्म १७६ जनालाई कारबाही गरेको छ । सोबाट १७ हजार ६०० राजश्व सङ्कलन गरिएको छ । यस्तै नियम उल्लङ्घन गर्ने २३९ सवारी साधनबाट एक लाख ६० हजार ५०० राजश्व सङ्कलन गरिएको सूचना अधिकारी हवारीले बताए ।

विनामास्क हिँड्नेलाई रु एक सय, विनाकाम हिँड्नेलाई रु दुई सय, अत्यावश्यक कामबाहेक मोटरसाइकल चलाउनेलाई रु दुई हजार, अन्य सवारीलाई रु पाँच हजार जरिवाना काट्ने नियमअनुसार रु एक लाख ७८ हजार राजश्व सङ्कलन गरिएको छ । बागलुङमा कोरोना सङ्क्रमणबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस