२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग

अ+ अ-

डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् । उनले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गरेका हुन् ।

जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’का लागि रु दुई लाख र ‘हेल्पिङ हेण्ड’ डोल्पाका लागि रु एक लाख सहयोग गरेको पूर्वराज्यमन्त्री बुढाले जानकारी दिए । जिल्लाका युवा अभियानकर्मीहरुले शुरु गरेको आर्थिक सङ्कलन अभियान अत्यन्तै प्रशंसनीय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदका लागि सहयोग गरेको बुढाको भनाइ छ ।

विपन्न सङ्क्रमित नागरिकका लागि अक्सिजन सिलिण्डर, औषधि, मास्कलगायतका महत्वपूर्ण सामग्री खरिदका लागि सहयोग गरेको भन्दै उनीप्रति युवा अभियानकर्मीहरुले आभार व्यक्त गरेका छन् । दुई सामाजिक संस्थाले शुरु गरेको आर्थिक सङ्कलन अभियानमा देश विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै अभियानकर्मी बालकृष्ण डाँगीले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल, स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्नेक्रम जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस