३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजको मौसम : केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । आज देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहने विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आज राति प्रदेश १ लगायत देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश १ लगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी बिहीबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली रहनेछ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

शुक्रवार पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस