काठमाडौँ । पछिल्लो २४ घण्टामा ६०८० जनाले कोरोना भाइरसलाई जितेका छन्। ४ हजार ४८७ कोरोना संक्रमित हुँदा त्यसभन्दा बढीले कोरोना जितेका हुन् । पछिल्ला दिनहरुमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । शुरुका केही दिन ७४ प्रतिशतको हाराहारीमा रहेको निको हुने दर बढेर ७८.६ प्रतिशत पुगेको छ।
पछिल्लो २४ घण्टामा १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।