२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट हालसम्म १६ पत्रकारको मृत्यु, ८१३ सङ्क्रमित

अ+ अ-

काठमाडौँ । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्ने भन्दै धम्क्याएका थिए ।

महासङ्घले विज्ञप्ति जारी गरी प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्की दिनु निन्दनीय र प्रेसविरोधी काम हो भनेको छ । महासङ्घले धम्की दिनेलाई तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस