२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतले न्याय गर्ने विश्वास छ: सभापति देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताए । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दावीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भनी आपत्ति जनाए ।

पूर्वप्रधानमन्त्री देउवाले भने,‘अहिले जनताको जीवन रक्षा प्रमुख विषय हो, तसर्थ हामी अदालत गएका हौँ, यसमा जनमत सिर्जना गरी सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछौँ ।’

फरक प्रसंगमा उनले आफूले पार्टीको महाधिवेशन गर्न नसकेको कलंक बोक्न नचाहेको उल्लेख गर्दै सबैको चित्त बुझाएर निर्धारित समयमै सम्पन्न गरिने विश्वास दिलाए।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले बहुदलीय लोकतान्त्रिक व्यवस्था आत्मसात् गरे पनि धारा ७६ को उपधारा (५) पुगेपछि सांसदको आत्मनिर्णय र स्वविवेकीय अधिकारसमेत स्वीकार नगरिएको जनाउँदै सोही व्यवस्थानुसार सरकार गठनका लागि सांसदहरु अदालत जानुपरेको बताए।

पूर्वसभामुख पौडलले कोभिड–१९ को महामारीबीच वर्तमान सरकारले निर्वाचन घोषणा गर्ने तर पुनः महामारी देखाएर निर्वाचन नगर्ने खतरासमेत देखिएको जनाउँदै अहिले देशलाई विकल्प चाहिएको धारणा व्यक्त गरे । ‘कांग्रेस सक्षम र एकताबद्ध हुन निर्धारित समयमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्छ’, उनले भने ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमाध्यमले स्वतन्त्र रुपमा लेख्न र प्रसारण गर्न पाए मात्रै लोकतन्त्रको सार्थकता रहने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महामारीमा नागरिकका लागि सूचनाको झन् महत्व हुने भए पनि जनतालाई सुसूचित गर्ने सञ्चार क्षेत्रले यतिखेर सरकार र दलबाट अपेक्षानुसारको प्राथमिकता नपाएको गुनासो गरे।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्दलले कोभिड–१९ को महामारीबाट प्रभावित सञ्चारकर्मीलाई राहत दिनका लागि युनियनका तर्फबाट रु १० लाखको राहत कोषको घोषणा गर्दै कोषमा थप सहयोगका लागि सबैलाई आह्वान गरे । करिब ५०० जनाको सहभागिता रहेको र विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको भर्चुअल कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस