२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिगो शान्तिविना समग्र विकास सम्भव छैन: देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ औँ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन् ।

सभापति देउवाले देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलोभन्दा दोस्रो कयौंँ गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।

यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे ।

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस