२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ दिनमा ८० हजार किलो तरल अक्सिजन भारतबाट आयात

अ+ अ-

काठमाडौँ । सरकारले ५ दिनमा ८० हजार किलो अक्सिटम तरल अक्सिजन भारतबाट आयात भएको जनाएको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै नेपालमा देखिएको अक्सिजनको अभाव परिपूर्ति गर्दै जाने क्रममा तरल अक्सिजन आयात प्रयोजनका लागि १५ हजार किलो अक्सिटमका ५ वटा ट्याङ्करहरू र पाँच हजार किलो अक्सिटमको १ वटा गरी जम्मा ६ वटा ट्याङ्करहरूमार्फत प्रति ५ दिनमा ८० हजार किलो अक्सिटम तरल अक्सिजन भारतबाट आयात भइरहेको प्रधानमन्त्री तथा मन्पित्ररिषदको कार्यालयले जनाएको छ ।

कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माका अनुसार दैनिक रूपमा उपत्यकाभित्रका १० वटा अक्सिजन उद्योगमध्ये ९ वटा उद्योगबाट ६ हजार आठ सय आठ वटा सिलिन्डर र उपत्यका बाहिर १९ वटा अक्सिजन उद्योगबाट नौ हजार चार सय ७० वटा सिलिन्डर गरी कुल १६ हजार दुई सय ७८ वटा सिलिन्डर अक्सिजन भरेर विभिन्न अस्पतालहरूमा वितरण गरिएको छ ।

त्यसैगरी अनुगमनको क्रममा देशभर विभिन्न उद्योग तथा निर्माण क्षेत्रमा रहेको तीन हजार पाँच सय ५२ अक्सिजन सिलिन्डर मेडिकल प्रयोजनका लागि फिर्ता भएको छ। गृह मन्त्रालयका अनुसार हाल देशभर ८० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन्। विगत २४ घण्टामा दुई सय ३३ अक्सिजन सिलिन्डर सङ्कलन र तीन सय २६अक्सिजन सिलिन्डर वितरण गरिएको छ।

निषेधको आदेश पालनाको निरन्तर अनुगमन भएको छ र यस क्रममा आदेशको उलङ्घन गर्ने एक हजार सात सय ६७ सवारीसाधनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस