२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड अस्पताल र आइसोलेसनको पूर्वमन्त्रीद्वारा अनुगमन

अ+ अ-

सिञ्जा । गुठीचौर गाउँपालिकामा ४० शय्याको आइसोलेसन बनाइएको छ । आइसोलेसनमा शय्या निर्माण, आइसोलेसनमा बस्ने सङ्क्रमितको व्यवस्थापन, उपचार र रेखदेखको व्यवस्था मिलाइएको भएपनि अहिलेसम्म सङ्क्रमित आइसोलेसनमा बसेका छैनन् ।

दश शय्या थपेर ५० शय्याको आइसोलेसन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनका अनुसार गुठीचौरमा हालसम्म सङ्क्रमितको सङ्ख्या १७ पुगेको भएपनि एक जना सङ्क्रमित पनि आइसोलेसनमा बसेको छैनन् ।

उनले भने, ‘सङक्रमित आइसोलेसनमा बस्न मान्दैनन् । सबै होमआइसोलेसनमै बसेका छन् । होमआइसोलेसनबाट सङ्क्रमण फैलने खतरा बढेकाले अब देखिने सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ ।’

यसैबीच जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन गरिएको छ ।

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले यी दुई स्थानीय तहमा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरेको हो । अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । उनले स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर सङ्क्रमण फैलन नदिनका लागि सावधानी अपनानुपर्नेमा जोड दिए ।

गुठीचौरमा आइसोलेसन बनेको भएपनि प्रयोग नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । गुठीचौरमा रहेको कोभिड अस्पतालमा अक्सिजनसहितको व्यवस्था गरिएको थियो ।

गाउँपालिकाले १० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ र २५ सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको पातारासी गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन बनाएको छ । गाउँपालिकामा ५० शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल बनिसकेको छ । हालसम्म गाउँपालिकामा ३६ सङ्क्रमित छन् । कोही पनि आइसोलेसनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस