२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी

अ+ अ-

काठमाडौँ । कोभिडले आक्रान्त बनेको नेपालका लागि विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्रीहरू आउने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्रै विभिन्न आधा दर्जन बढी मुलुकहरूबाट कोभिड उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्रीहरू नेपाल आई पुगेको छ । जसमा स्वीजरल्यान्डबाट ११ लाख एन्टिजेन टेस्ट किट, १० गोटा अक्सिजन कन्सन्ट्रेटर, ४० थान भेन्टिलेटर, एक हजार अक्सिजन नासल क्यानुला, एक लाख दश हजार थान केएन ९५ मास्क, विभिन्न साइजका ५० हजार थान ग्लोब, १५ हजार प्रोटेक्टिभ सुट प्राप्त भएको छ।

त्यसैगरी चीनको तिब्बत सरकारले प्रदान गरेको पहिलो किस्ता अन्तर्गतको एक सय ५० थान तरल अक्सिजन सिलिन्डर(३० हजार तरल अक्सिजन_ हिजो २२ मे मा तातोपानी नाकामा नेपाली पक्षले बुझिलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माले जनाएका छन् । शर्माका अनुसार इयुबाट सिभिल प्रोटेक्सन मेकानिजम् अन्तर्गत फिनल्यान्डबाट २२ लाख फेस मास्क, तीन लाख ५० हजार एफ।एफ।पी।टु मास्क, ५२ हजार पाँच सय जोर भिनाइल ग्लोब र ३० हजार आइसोलेसन गाउन प्राप्त भएका छन् । यस्तै फ्रान्सबाट १४ थान भेन्टिलेटर, २० हजार एन्टिजेन टेस्ट किट र पाँच लाख के.एन.९५ मास्क प्राप्त भएको छ ।

यसैगरी जर्मनीबाट ६२ थान भेन्टिलेटर, २७ हजार पाँच सय एफ.एफ.पी.टु मास्क, ३० हजार सर्किजल मास्क, १०० थान गम बुट(मोजा सहित), २०० बढी ब्याग, आइसोलेसन टेन्ट ५ गोटा र २५ हजार लिटर स्यानिटाइजर प्राप्त भएको छ । बेल्जियमबाट एक लाख सर्किजल मास्क र दुई हजार नासल क्यानुला रहेको छ भने चीनको युनान प्रान्तले नेपाललाई एक लाख थान सर्किजल मास्क, ४८ हजार थान एन ९५ मास्क र तीन हजार आठ सय २० थान पी.पी.ई. प्रदान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई एक हजार पाँच सय थान अक्सिजन सिलिन्डरहरू मे महिनाको अन्त्यसम्ममा रसुवागढी नाकामा हस्तान्तरण गरिने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालले हाल सामना गरिरहेको कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सन्दर्भमा मेडिकल सहायताको लागि अनुरोध गर्दै गत २०७८ जेठ २ मा राष्ट्रपतिज्यू विद्यादेवी भण्डारीले थाइल्यान्डका राजालाई सम्बोधन गर्दै पत्र पठाएकी छिन् । नेपालको अनुरोधलाई स्विकार्दै थाइल्यान्डका राजा, रानी तथा राजकुमारीका तर्फबाट नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान हुने अटोम्याटिक अक्सिजन कन्सन्ट्रेटर, पिपई, सर्किजल मास्क, एन्टिजेन टेस्ट किट लगायतका स्वास्थ्य उपकरण तथा सामाग्रीहरू लिई रोयल थाई फोर्सको एक विशेष विमान यही २८ मे २०२१ मा नेपाल आउने भएको जनाइएको छ।

यस्तै भारतबाट तरल अक्सिजनको सहज आपूर्तिका लागि क्रायोजेनिक एवम् अन्य अक्सिजन ट्याङ्करहरू उपलब्ध गराइदिन भारतीय पक्षलाई अनुरोध गरिएकोमा उत्तर प्रदेश सरकारको आदेशबाट डी.एन्ड.टी. ट्रेडर्स, गाजियबाद मार्फत नेपाललाई तत्काल दुई थान ट्याङ्कर उपलब्ध गराउन अनुमति प्रदान भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस