शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण


७ जेष्ठ २०७८, शुक्रबार


कञ्चनपुर । नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरे ।

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताए ।

सामग्री ग्रहणपछि प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । नगरपालिकालाई उपलब्ध गराईएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास (एनपी) साउदको पहलमा उपलब्ध गराईएको सभापति बिष्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस