२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहका विद्यालय सो कार्यक्रमको लागि छनौट भएका छन् । यसले विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने छ । त्यसमा आठमध्ये पाँच वटा कार्यक्रम मात्र परेका छन् । जसमा कक्षाकोठा निमार्णतर्फ नौ लाख रुपैयाँ लागतमा खाँदबारी नगरपालिकाको २, चैनपुर नगरपलिका २, धर्मदेवी नगरपालिका १, मादी नगरपालिका १, चिचीला गाउँपालिका १, मकालु गाउँपालिका १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हन् । त्यस्तै खानेपानी सहितको शौचालय निर्माण तर्फ ७ लाख रुपैयाँ लागतमा पाँचखपनको १, कम्युटर ल्याब स्थापना तर्पm ६ लाख ५० हजार रुपैयाँ लागतमा खाँदबारीका ३, चैनपुरका २, धर्मदेवी १, पाँचखपन नगरपालिकामा ४, चिचिला २, मकालु १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हुन् ।

पुस्तकालय तथा विज्ञान प्रयोगशाला तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा १, पाँचखपन नगरपालिकामा ३, विद्यालय र शिक्षामा नविन प्रर्वद्धन तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा २, धर्मदेवी नगरपालिकामा २ र सभापोखरी गाउँपालिकामा ६ वटा विद्यालय छनौटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईले जानकारी दिए । । छनौटमा परेका विद्यालयहरुमा चालु आर्थिक वर्षमा कार्यक्रम सम्पन्न गर्ने उद्धेश्यका साथ सम्वन्धित पालिकामा वजेट पठाउन थालिएको प्रमुख भट्टराईले बताए ।

शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा सम्वन्वय एकाइमार्फत सङ्घीय सरकारलाई पठाएको र आवेदन पेश भएका जिल्लाका १० वटै स्थानीय तहका ४१२ विद्यालयमध्ये ८ वटा स्थानीय तहका ३४ विद्यालय छनौटमा परेको प्रमुख भट्टराईले बताए । छनौटमा परेको विद्यालयमध्ये सवैभन्दा बढी पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाको ८÷८ वटा त्यस्तै सवैभन्दा कम मादी नगरपालिकाको एउटा रहेका छन् । त्यस्तै खाँदबारी नगरपालिकाका ५, चैनपुर ७, धर्मदेवी ३, पाँचखपन नगरपालिका ८, मकालु गाउँपालिका २, मादी नगरपालिका १, सभापोखरी गाउँपालिकाका २ वटा विद्यालय छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस