२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । लागि उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो ।

यसै गरी जिल्ला अस्पताल बैतडीमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न बैतडीकै रुदेश्वर स्वास्थ्य चौकी, दार्चुलाको देवल स्वास्थ्य चौकी, डोटीको दौड स्वास्थ्य चौकी र अछामको कमलबजार नगरपालिकालाई समेत गरी थप रु एक करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश, कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं मुख्य मन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

प्रदेशमा गएको दुई दिनमा केही घटेको देखिएको कोरोना भाइरसको सङ्क्रमण दरको ‘ग्राफ’ पछिल्लो २४ घण्टामा फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार गएको २४ घण्टामा पिसिआर र एन्टिजेन पद्धतीबाट जम्मा दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा झण्डै ४३ प्रतिशत अर्थात् ९५३ जनामा सङ्क्रमण भएको छ ।

यस अघि सोमवार एक हजार ५३५ को नमूना परीक्षण गर्दा झण्डै ३७ प्रतिशत अर्थात् ५६३ जनामा र मङ्गलवार एक हजार ७०३ को नमूना परीक्षण गर्दा ४१ प्रतिशत अर्थात् ६९९ जनामा सङ्क्रमण देखिएको थियो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलालीका सात, कञ्चनपुरका छ र बाजुरा तथा दार्चुलाका एक/एक गरी १५जना सङ्क्रमितको मृत्यु भएको छ । यसै बीच प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको अक्सिजनको अभावपछि अस्पतालमा ३३ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।

जडानसँगै अस्पतालमा कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन केही सहज भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस